You are viewing the translated version of अनुसन्धान सम्बन्धी विशेष व्यवस्था:.

Section 62D
अनुसन्धान सम्बन्धी विशेष व्यवस्था:
(१) अनुसन्धान अधिकारीले भ्रष्टाचारजन्य कसूरको अनुसन्धानमा आवश्यक पर्ने सूचना सङ्कलन गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउन उचित र पर्याप्त कारण भएमा सुराकी वा अनुसन्धान सूत्र (इन्टेलिजेन्स) परिचालन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम परिचालन गरिएको सुराकी वा अनुसन्धान सूत्रबाट वा अन्य कुनै माध्यमबाट राष्ट्रसेवकले रिस॒वत माग गरेको सूचना वा जानकारी प्राप्त भएमा अनुसन्धान अधिकारीले मातहतका कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्ति मार्फत त्यस्तो राष्ट्रसेवकलाई अनुसन्धानको क्रममा दशी एवं प्रमाणस्वरूप रिसवत बापत माग बमोजिमको रकम उपलब्ध गराउन सक्नेछ।